काठमाडौं, ९ असार । नर्वे पनि फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सेनेगललाई हराउँदै नर्वे नकाउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको हो । अमेरिकाको न्यु योर्कमा भएको खेलमा नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले हराएको हो ।
नर्वेको जितमा अर्लिङ हालान्डले २ तथा मार्कस होल्मग्रेन पेडरसनले १ गोल गरे । सेनेगलका स्पाइला सरले २ गोल गरे पनि नर्वेलाई जितबाट रोक्न सकेनन् ।

जितपछि नर्वे ६ अंकसहित नकाउट चरणमा पुगेको हो । सोही समूहमा रहेको फ्रान्स पनि आजै नकाउट चरणमा पुगेको छ ।
सेनेगल भने समूह चरणबाट बाहिरियो ।

