सर्लाही, १५ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

सोमबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि सोमबार अदालतमा पेश गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *