सर्लाही, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिपेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबार नयाँ निर्वाचित केन्द्रीय समितिले शपथग्रहण गरिसकेपछि केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकले तीन वटा निर्णय गरेको छ । जसमा महाधिवेशन सम्पन्न गर्न गठित उपसमितिहरू तथा अरु सबैलाई धन्यवाद ज्ञापन गर्ने पहिलो निर्णय छ ।

यस्तै, पार्टीको विधानअनुसार पहिलो बैठकबाट निर्वाचन, लेखा र अनुशासन आयोग रिक्त हुन नहुने व्यवस्था अनुसार लेखा आयोगको पुरानो कमिटी विघटन गरी पुरानै टिमलाई जिम्मा दिने निर्णय भएको छ ।

यस्तै, रास्वपाको अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *