सर्लाही, २९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब घरैबाटै अंगदान गर्न सकिने बताएका छन् । बुधबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अंगदान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले  आवश्यकताको २० प्रतिशत पनि अंगदान हुन नसकेको बताएका हुन् । मन्त्री पौडेलले शहिद अंग प्रत्यारोपणका लागि नियमलाई खुकुलो बनाउनुपर्ने बताए। उनले अंगदानमा चेतना विस्तार गर्नुपर्ने पनि बताए । उनले भने,‘अहिले पनि मानिसहरूमा अंगदान गर्ने मान्छे स्वर्गमा जान्दैन भन्ने विश्वास छ । यस्तो सोचलाई चिर्नुपर्ने देखिन्छ। मृत्यु भइसकेपछि पनि अरूलाई जीवनदान दिनुभन्दा ठुलो धर्म र दान कुनै पनि छैन । अहिले मिर्गौला प्रत्यारोपणका बिरामीका लागि राज्यले थप १ लाखको सुविधा ल्याएको छ ।’ कार्यक्रममा शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा १ हजार ५ सय जनाले मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएको जानकारी गराइएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *