सर्लाही, २९ साउन । जसपा नेपालबाट अलग भएका अशोक राईले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको हात बढाएका छन् । एकताको लक्ष्य राखेर तत्काललाई कार्यगत एकता गर्ने गरी अघि बढेका हुन् । दुई पार्टीबीच आज नै कार्यगत एकता घोषणा हुन लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । उनले भने, ‘एकताको लक्ष्य राखेर हामीले कार्यगत एकता गर्ने निष्कर्षमा पुगेका हौँ । अराई उपेन्द्रसँग अलग भएको हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका नेता हुन् । त्यसो त कुनै बेला उपेन्द्र/महन्थ पनि एकैठाउँमा थिए ।

उपेन्द्रसँग कुरा नमिलेपछि महन्थ फेरि लोसपा नै ब्यूउँताएको भएपनि त्यहाँबाट पनि बाहिरिएर महतोले राष्ट्रिय मुक्ति पार्टी घोषणा गरेको भने उपेन्द्रबाट अलग भएका राईले जसपा घोषणा गरेका थिए ।

उपेन्द्र-महन्थ मिलेको बेलामा एकैठाउँमा रहेर काम गरिसकेका राई र महतो फेरि सहकार्य गर्ने लागेका हुन् । राष्ट्रिय मुक्ति पार्टी मधेस केन्द्रित सात दल सहभागी भएको संघीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध छ । तर जसपा मोर्चामा छैन । आज दिउँसो बानेश्वरमा घोषणा सभा राखेका छौँ। दुवै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ राई उपेन्द्रसँग अलग भएको हुन् भने महतो महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएका नेता हुन् । त्यसो त कुनै बेला उपेन्द्र/महन्थ पनि एकैठाउँमा थिए ।

उपेन्द्रसँग कुरा नमिलेपछि महन्थ फेरि लोसपा नै ब्यूउँताएको भएपनि त्यहाँबाट पनि बाहिरिएर महतोले राष्ट्रिय मुक्ति पार्टी घोषणा गरेको भने उपेन्द्रबाट अलग भएका राईले जसपा घोषणा गरेका थिए ।

उपेन्द्र-महन्थ मिलेको बेलामा एकैठाउँमा रहेर काम गरिसकेका राई र महतो फेरि सहकार्य गर्ने लागेका हुन् । राष्ट्रिय मुक्ति पार्टी मधेस केन्द्रित सात दल सहभागी भएको संघीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध छ। तर जसपा मोर्चामा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *