सर्लाही, २५ असार । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।
सभामुख डीपी अर्यालले बैठक सुरु गर्ने बितिक्कै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
