सर्लाही, २५ असार । सरकारले गठन गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री सस्मित पोखरेलले ११ हजार उजुरी परेको बताए ।

सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको छ ।

हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको छ ।’ आएको उजुरीको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको र काम अगाडि बढिरहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *