सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।

रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं लैजाँदै तयारी गरिएको छ ।

उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *