सर्लाही, २७ असार । काठमाडौँको बुद्धनगरमा आज बिहान एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार बुद्धनगर-१० स्थित घरभित्रै ४५ वर्षीय आश्विन राउतले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

‘घटना आज बिहान सवा ६ बजेतिरहको हो । भान्साकोठामा उहाँले आफैँले आफैँलाई आगो लगाउनुभएछ’, एसपी भट्टराईले नेपालखबरसँग भने, ‘श्रीमती र छोरासहित बस्नु हुँदो रहेछ। तर घटनाका बेला उहाँहरू घरमा हुन हुन्न रहेछ । हिजो (शुक्रबार) उनको छोरासँग डिस्कस भएको बुझिएको छ ।’

राउतलाई प्रहरी उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। चिकित्सकले उनको शरीर ५० प्रतिशत जलेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *