सर्लाही, २९ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ ।
काठमाडौँ जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो ।
दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन् ।
उनीहरू संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन् ।
