सर्लाही, ३२ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेपछि कांग्रेस काेशी प्रदेश स्तरीय कार्यदलकाे बैठक सुरु भएकाे छ ।

केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारकाे बारेमा निर्णय गर्न कांग्रेस कार्यदलकाे बैठक सुरु भएकाे हाे ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायत सहभागी छन् ।

बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल भइरहेकाे छ । केन्द्रकाे निर्देशनपछि बसेकाे बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बलाउन निर्देशन दिने बताइएकाे छ ।

प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।

कार्यदलकाे सदस्य भाैतिक पूर्वाधार मन्त्री सुनुवार पनि हुन् । तर, उनी बैठकमा सहभागी भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *