सर्लाही, ३२ असार । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ ।
यसबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामध्ये ९० हजार सेवाग्राहीलाई वितरण गरिएको हो ।
हाल कार्यालयबाट दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र उपलब्ध गराइँदै आएको श्रेष्ठले जानकारी दिए ।
