सर्लाही, ३२ असार । नेपाली कांग्रेस र एमालेबीचको गठबन्धन भत्किएपनि मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

मधेश प्रदेशमा सत्ता साझेदार पार्टीका संसदीय दलका नेताहरुबीच बिहिवार दिउँसो भएको छलफलमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।

मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी-नेकपा) साझेदार छन् । एमाले संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जनाए अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

‘दलहरुबीच भएको सहमतिको सम्बन्धमा तीन दलका केन्द्रिय नेताहरुलाई जानकारी समेत गराइसकिएको छ ’ उनले भने, अन्य प्रदेशहरुमा उथलपुथल भएपनि मधेश प्रदेशमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तर रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *