सर्लाही, ५ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लोक सेवा आयोगका नियमित विज्ञापन नरोकिने प्रस्ट पारेको छ । स्थायी पदमा यो वर्ष पदपूर्ति नगर्ने भनेर मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले गरेको निर्णयको आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर यसमा प्रस्टीकरण दिएको हो ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएपछि रिक्त हुने पदमा पदपूर्ति हुने विज्ञप्तिमा उल्लेख छ । यद्यपि धेरै पद कटौती हुने भएकाले यो वर्ष लोक सेवामार्फत हुने भर्ना भने न्यून हुने सम्भावना छ ।

