सर्लाही, २९ साउन । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् भने यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् ।

पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *