काठमाडौं, ७ साउन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधबार पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् २०२७ राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिएए) झिनो मतान्तरले पारित गरेको छ ।

परम्परागत रूपमा दुवै दलको व्यापक समर्थन पाउने रक्षा विधेयक यसपटक २१६–२१२ मतले पारित भएको हो । यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बढ्दो राजनीतिक ध्रुवीकरणको सङ्केतका रूपमा हेरिएको छ । अहिलेसम्म सिनेटबाट अनुमोदन हुन बाँकी रहेको उक्त विधेयकले सन् २०२६ को एनडिएएको तुलनामा करिब दुई खर्ब ५० अर्ब डलर बढी खर्चको व्यवस्था गरेको हाे ।

यसमा अमेरिकी सैनिकहरूको पाँचदेखि सात प्रतिशतसम्म तलब वृद्धि, आणविक प्रतिरोध क्षमता सुदृढ गर्ने योजना तथा ट्रम्प प्रशासनले अघि सारेको ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणाली निर्माणका लागि आवश्यक प्रबन्ध पनि समेटिएको छ । उक्त प्रणाली इजरायलको ‘आइरन डोम’ बाट प्रेरित भएर अमेरिकी मुख्य भूमिको सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रस्ताव गरिएको हो ।

हाउसका सभामुख माइक जोनसनले विधेयकले सैनिकलाई लामो समयदेखि अपेक्षित तलब वृद्धि उपलब्ध गराउनुका साथै आणविक प्रतिरोध क्षमता र मिसाइल प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *