सर्लाही, ७ साउन । रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।

चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।

‘पार्टी टु पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो, खासमा सभापतिज्यूलाई अघिल्लै संसदकालमा नै चीनबाट निम्तो थियो, तर यसपल्ट अलिक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं,’ सरकारका एक उच्च अधिकारीले भने, ‘उच्च तहमा कुराकानी हुन्छ । नेपाल–चीन सम्बन्धलाई अझै गहिरो र अर्थपूर्ण बनाउने एजेन्डा नै मुख्य हो ।’

भ्रमण पाँच दिनको हुने बताइएको छ । भ्रमण टोलीका बाँकी सदस्यको नाम खुलाइएको छैन ।

भ्रमण टोलीमा सरकारी प्रतिनिधि सामेल हुने छैनन् । यसअघि दिल्लीमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेट गर्ने रास्वपा स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *