सर्लाही, ७ साउन । प्रहरीले बिचौलिया दीपक भट्टसमेत संलग्न मुद्दामा जोडिएका अर्का एक आरोपीलाई पनि पक्राउ गरेको छ ।

केन्द्रीय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज बीमा ऐन, २०७९  र  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो ।

उनलाई आज काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

रिमाललाई आजै काठमाडौँ जिल्ला अदालतमा बुझाइएको सीआईबीले जनाएको छ ।

रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत हुन् । दीपक भट्टसँगको साँठगाँठमा लगानीकर्तालाई ठग्ने गरेको आरोप उनीमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *