सर्लाही, ७ साउन । आफूलाई सामाजिक अभियन्ता बताउने वेदिका केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज (बिहीबार) पक्राउ गरेको छ ।
चरित्र हत्या गरेको उजुरीपछि उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
कथावाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
केही समयअघि उनले राधिका दासीका विषयमा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरेकी थिइन् ।
