सर्लाही, २९ साउन । पर्सा गाउँपालिकामा कार्यरत अवकाश प्राप्त तथा नव प्रवेशी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा स्वागत गर्ने कार्यक्रम आज सम्पन्न भएको छ । नारायणपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रघुनाथ साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव (बिस्पत) को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सदस्य राजकपुर साह, नायब प्रमुख प्रशासकीय अधिकृत नवल किशोर महतो, विभिन्न स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अवकाश प्राप्त स्वयंसेविकाहरुलाई उनीहरुको दीर्घकालीन योगदानको उच्च कदर गर्दै सम्मान गरियो भने नव प्रवेशी स्वयंसेविकाहरुलाई स्वागत गर्दै आगामी दिनमा थप उत्साहका साथ काम गर्न प्रेरित गरिएको थियो ।

स्थानीय स्वास्थ्य सेवाको स्तर उकास्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिकालाई अतुलनीय भन्दै प्रमुख अतिथि यादवले समुदायको स्वास्थ्य सुधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *