सर्लाही, ११ साउन । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । 

स्वकीय सचिव राख्न दिने निर्णयलाई बदर माग गरिएको रिटमा सोमबार न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गत असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। साउन ४ गते यसको राजपत्रमा सूचना समेत प्रकाशन भएको थियो ।

अधिवक्ता डा. प्रेमराज सिलवालले गत शुक्रबार रिट दर्ता गरेका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्ष बनाएको थियो ।

सर्वोच्चले विपक्षीको नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *