एजेन्सी, ३० साउन । भारतको जम्मू–कश्मीरमा किश्तवाडको चाशोटी क्षेत्रमा ‘क्लाउड बस्र्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा ३८ जनाको ज्यान गएको छ । विहिबार दिउँसो घटनामा झन्डै २ सय जना बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अहिलेसम्म ६५ जनाको उद्धार भएको छ । गृहमन्त्री अमित शाहले राहत र उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताउनुभएको छ । हजारौं भक्तजनहरू मचैल माता यात्राका लागि किश्तवाडको पद्दार सब–डिभिजनको चाशोटी गाउँमा पुगेको बेला आरीघोप्टे वर्षा भएको खबरमा उल्लेख छ । बाढीमा तीर्थयात्रीहरूका बस, पाल, सामुदायिक भोजनाल र धेरै पसलहरू बगेका छन् । मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन् । जुलाई २५ देखि शुरू भएको यो यात्रा सेप्टेम्बर ५ सम्म चल्नेछ । यसैबीच यो घटालाई लिएर भारतीय राष्ट्रपति द्रोपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्नुभएको छ । जसमा जनधनको क्षति भएको आशङ्का गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा अवस्थित पडार उपविभागमा भएको हो । उद्धार कार्य जारी छ । प्रशासनले स्थितिको जानकारी लिन टोली पठाएको छ । समाचार एजेन्सी, पीटीआईका अनुसार अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस घटनामा अरू ७५ जना घाइते भएको भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *