सर्लाही, १३ साउन । एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सत्यदेवी – ८ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका, वडा नं ८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले बनस्थलीबाट पक्राउ गरेको हो ।

केही व्यक्तिहरुले हुण्डी कारोबार गर्दै आएका छन् भन्ने नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाई प्राप्त सूचनाको आधारमा त्यस्ता शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ,६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *