सर्लाही, १४ साउन ।  जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।

एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका राईलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हाे । सोही मुद्दामा संलग्न रही फरार राईलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल चैत १९ गते रेड नोटिस जारी भएको थियो ।

राईलाई सम्बन्धित कसुरबमोजिम कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *