सर्लाही, १५ साउन ।  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ ।

तराईका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिका कारण १५ वटा परीक्षा केन्द्रहरूको आज शुक्रबारका लागि तय गरिएको एमबिएसको परीक्षा स्थगित गरिएको हो ।

​सहायक डीन डा. भरते राईका अनुसार जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, मलङ्गवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस र लहानको जे. एस. मुरारका बहुमुखी क्याम्पसमा तोकिएको परिचय स्थगित भरिएको हो ।

त्यसैगरी राजविराजको श्री महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस, कञ्चनपुर-८ सप्तरीको नेशनल पिपुल कलेज, चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस, गौरको गौरीशंकर यादव रौतहट क्याम्पस, बाराको सिमरा कलेज र वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोकिएको परीक्षा स्थगित गरिएको छ ।

अन्य केन्द्रहरूमा भने पूर्वनिर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिविले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *