सर्लाही, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो ।

त्यहाँ कार्यरत नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी (लेखन्दास) हरु शैलेन्द्र रानामगर र समिर कटवाल पक्राउ परेका हुन् ।

उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको २४ हजार ८९० रूपैयाँ बरामद भएको छ । उनीहरू ललितपुर महानगरपालिका वडा नं ४ स्थित एक होटलबाट पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *