AI द्धारा तयार गरिएको फोटो ।

सर्लाही, २१ साउन । सर्लाहीको बागमती नगरपालिकामा शिवचर्चा पूजा भइरहेको क्रममा माइकबाट करेन्ट लाग्दा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती नगरपालिका-१० शंकरपुर टोल निवासी करिब ६५ वर्षीया मानकी देवी रहेकी छन् ।

प्रहरीका अनुसार बागमती नगरपालिका-८ कल्याणपुर टोलस्थित राजकुमार महतोको घरमा शिवचर्चा पूजा चलिरहेका बेला माइक समात्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी मानकी देवीलाई तत्काल उपचारका लागि नगर अस्पताल, बरहथवा लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, मलंगवा ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *