सर्लाही, ०२ भदाै । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । 

विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा गठन भएको वार्ता टोलीमा राजु आचार्य, विजय थापा, देवी संग्रौला, हरदेव मतो, लीलदेव दनुवार, लाल शाह, रिकु मण्डल र नरेन्द्र लामा सदस्य रहेका छन् । 

मंगलबार प्रसाईंले सरकारलाई पठाएको पत्रमा राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा वार्तामा बस्ने बताएका छन् । 

सरकारले प्रसाईंसँग वार्ता गर्न सोमबार वार्ता टोली गठन गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीको नेतृत्वमा गठिन सरकारी वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *