सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरुसंग छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानले मन्त्रीहरुले धेरै काम गर्दा केहि प्रश्न आउनु स्वभाविक भएको भन्दै प्रश्न उठ्दैमा मन्त्रीहरु हेरफेर गर्ने कुनै तयारी वा छलफल नभएको स्पष्ट पार्नुभएको हो ।

पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने काम ५ वर्षभित्र गरिने नियमित प्रक्रिया भएको भन्दै उहाले पार्टीमा कुनै पक्ष वा व्यक्तिको नाम तोकेर नभई विधानले दिएको अधिकारअनुसार योग्य नेतालाई क्रमशः जिम्मेवारी दिँदै जाने स्पष्ट पार्नुभयो ।

उहाले महाधिवेशनपछि समायोजनको काम सकिइसकेकाले पार्टीभित्र कुनै दुई धार नरहेको दाबी गर्नुभयो ।

सभापति लामिछानेले दलभित्र कुनै विवाद, अन्योल वा गुटबन्दी नरहेको उल्लेख गर्दै जनताले दिएको म्यान्डेट र देशको भविष्य निर्माणका लागि गरिएको ऐतिहासिक प्रतिबद्धताप्रति पार्टी पूर्ण रूपमा स्पष्ट र एकजुट रहेको धारणा राख्नुभयो ।

साथै उहाले धेरै सांसदहरू भएको ठूलो दलभित्र संसदमा कसरी प्रस्तुत हुने, नागरिकका मुद्दा कसरी उठाउने भन्ने विषयमा आन्तरिक छलफल हुनु स्वाभाविक प्रक्रिया हो भएको बताउनुभयो ।

संसद्को मर्यादा जोगाउनु र जनताका मुद्दालाई गम्भीरतापूर्वक उठाउनु पार्टीको मुख्य प्राथमिकता रहेको उहाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *