सर्लाही, ०५ भदाै । प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन् ।
उनी आज (शुक्रबार) पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताए ।
यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।
