काठमाण्डाैं, ०४ भदाै । युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ ।

स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिकरूपमा घटेपछि फेला परेको ब्रिटिस माइन्स–बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेका बीबीसीले जनाएको छ ।

विज्ञहरूका अनुसार फेला परेको बम सन् १९४४ मा दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिस रोयल एअरफोर्सले बिच्छ्याएको थियो । ७०० किलो तौल भएको पानीजहाज–विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन् ।

बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बच्न नदी आसपासको जल यातायात पूर्णरूपमा बन्द गरिएको थियो । सुरक्षा टोलीले विशाल बमलाई ५ मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षितरूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *