सर्लाही, ०१ भदाै । सप्तरीमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।
शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जनावरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।