सर्लाही, १४ भदाै । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी)ले हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको निरन्तर प्रतिबद्धता रहेको जावलाखेल ग्रुपले जनाएको छ ।

ग्रुपले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *