रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ९७२ को लास जाँच मुचुल्का

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ ।

जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *