बलरामा प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । सर्लाहीकाे बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार विद्यालयभित्र सरसफाइ गराउने विषयमा विद्यार्थीलाई प्रधानाध्यापकले गालीगलौज तथा दुर्व्यवहार गरेको विषयलाई लिएर विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा घटना भएको हो ।

सोही क्रममा बलरा नगरपालिका-६ का करिब ५५ वर्षीय प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट हुँदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनामा सवारीसाधनसमेत तोडफोड भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका-२ का २० वर्षीय अभिषेक कापरलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । घटनासम्बन्धी सामाजिक सञ्जालमा भिडियो सामग्रीसमेत प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय, मलंगवाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *