झण्डै १२ हजार नागरिकको उद्धार : प्रधानमन्त्री

Byसदाम हुसैन

२०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार २०८३ भाद्र १७, बुधवार

सर्लाही, १७ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११ हजार ९९३ उद्धार भएको जानकारी संसद्लाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्री बालेनले अझै पनि तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको पनि बताए । उनले बाढीम ापरी घाइते भएका २९२ जनामध्ये १८२ जना ‘डिस्चार्ज’ भएका पनि बताए ।

प्रधानमन्त्री बालेनका अनुसार उपचारत बाँकी घाइतेहरूको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीले प्रयास गरिरहेका पनि संसद्लाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *