सर्लाही, १७ भदाै । रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन अर्थ मन्त्रालयका कर्मचारीहरुले पनि आर्थिक सहयोग गरेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उनीहरुले १८ लाख ३२ हजार ७ सय २१ रुपैयाँ जम्मा गरेका हुन् ।
यही भदौ ११ गते बसेको सचिव बैठकले मन्त्रालयमा कार्यरत कर्मचारीबाट उक्त सहयोग गर्ने निर्णय भएको थियो ।
संवत् २०८३ साल भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनामा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिहरूप्रति अर्थ मन्त्रालय परिवारले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
