सर्लाही, ०१ भदाै । जुवातास खेलेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो आठ जना पक्राउ परेका हुन् । गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।