सर्लाही, १९ भदाै । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको सरकारले जनाएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका कविन्द्र महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बिहान त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सप्तरी घर भएका ३२ वर्षीय सञ्जय साह र कविन्द्र महर्जनको उद्धार गरिएको थियो ।
सुरुङभित्र थुनिएको १० दिनपछि उनीहरूको उद्धार गरिएको हो ।
कविन्द्र महर्जनलाई उद्धार स्थलबाट हेलिकप्टरमार्फत् ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
उनको आईसीयूमा राखेर सघन उपचार जारी राखिएको चिकित्सकले बताएका छन् ।
सुरुमा उद्धार गरिएका साहको अवस्था भने सामान्य छ ।
साहलाई पनि उपचारको लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगिएको छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहान उनीहरूको उद्धार गरेको हो ।
