अब बैंकले ऋणीको घरमा धरपकड गरे कारबाही हुने

Byसदाम हुसैन

२०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार

सर्लाही, २१ भदाै । गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई यातना दिने, धरपकड गर्ने र दुव्र्यवहार गर्ने बैंक तथा वित्तिय संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले मिति भदौ १८ गते जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै त्यस्ता गतिविधि भए कारबाही गर्न निर्देशन दिएको हो ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच भदौ ६ गते भएको सहमतिपत्रलाई १२ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै कार्यान्वयनका लागि गृहलाई पठाएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै धरपकड गरेमा उजुरी दिएर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो ।

गृह मन्त्रालयद्वारा जारी पत्रमा ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्ने, गाली बेइज्जती र दुव्र्यवहार गर्नेजस्ता गैरकानूनी कार्य गरेमा त्यस्ता कार्यउपर पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *