सर्लाही, २२ भदाै । सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्ति तथा भिडियो सामाग्री प्रशारण गरेको आरोपमा प्रहरीले काठमाडाैँबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बैतडीको सुर्नमा गाउँपालिका- ७ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका- १२ बलम्बु बस्दै आएका २४ वर्षीय विरेन्द्र मडै रहेका छन् । 

उनलाई पक्राउपछि काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

यही भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षती सम्वन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाएर उनले सामाजिक सञ्जाल फेसबुकको रिलमा राखेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *