आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

Byसदाम हुसैन

२०८३ भाद्र २३, मंगलवार २०८३ भाद्र २३, मंगलवार २०८३ भाद्र २३, मंगलवार

सर्लाही, २३ भदाै । एक वर्षअघि सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी, असमानता, कमजोर सार्वजनिक सेवा र राजनीतिक जवाफदेहिताविरुद्धको व्यापक असन्तोषमा परिणत भयो ।

सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा आज जेनजी सहिद दिवस मनाउँदै सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालय सङ्ख्या घटाउने, नागरिक एपमार्फत डिजिटल सेवा विस्तार गर्ने, प्रशासनिक खर्च कम गर्ने र नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने प्रयास अघि बढे पनि रोजगारी, उद्यमशीलता, शिक्षा र डिजिटल अधिकारका क्षेत्रमा अझै ठोस परिणाम आवश्यक छ ।

जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा होइन, राज्य सञ्चालनको संस्कार परिवर्तन, नागरिकको दैनिक जीवनमा सहज सेवा र सार्वजनिक संस्थामाथि बढ्दो विश्वासमा निर्भर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *