सर्लाही, २५ भदाै । बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । 

प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ​‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुन:स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *