कारमा आगलागीमा हुँदा एक जनाकाे मृत् 

Byसदाम हुसैन

२०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार २०८३ भाद्र २६, शुक्रवार

सर्लाही, २६ भदाै । चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेकाे विद्युतीय कारमा चालकको  शव भेटिएको प्रहरीले जनाएको छ ।

शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलकाअनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो ।

आगो निभएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको हो । आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ । 

कारमा कसरी आगलागी भयाे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *