सर्लाही, २६ भदाै । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनालाई झाडापखाला लागेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालयका सचिव डा विकास देवकोटाले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको जानकारी दिएका हुन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव देवकोटाले अन्य स्वास्थ्यम्बन्धी समस्या देखा नपरेको बताए ।
रसुवाको भोटेकोसी र त्रिशूलीमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको भएको प्रारम्भिक आकलन गरिएको छ ।
उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भित आकलन गरिएको मन्त्रालयले जनाएको छ ।
उनले भने, ‘अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आकलन हो। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी पनि केही न केही हिसाबले त समस्यामा नै छौँ ।
डेटा संकलनको लागि हामीले प्रदेश सरकार र हाम्रा च्यानलहरुमार्फत संकलन गरेका हौँ । केही तलमाथि पनि हुनसक्छ । परेला रोगको बारेमा अघि कुरा उठाउनुभएको थियो । त्यस्तो बिरामी भेटिएका छैनन् । झाडापाखालाका केस २५ देखिनुभएको छ ।’
सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए ।
उनले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताए ।
संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनको जोड छ ।
बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आकलन गरिएको जानकारी दिए ।
उनले पुनर्स्थापना र पुनर्निमाणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान निर्माण गरिरहेको बताए ।
