रसुवा बाढीले ७ स्वास्थ्य संस्था प्रभावित, साढे २३ करोडको क्षति

Byसदाम हुसैन

२०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार २०८३ भाद्र २८, आइतवार

सर्लाही, २८ भदाै । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले सात स्वास्थ्य संस्था प्रभावित भएका छन् । 

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले  चार स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको, दुई प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एक अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो । 

प्रतिवेदनअनुसार सात स्वास्थ्य संस्था प्रभावित हुँदा २३ करोड ६६ लाख रुपैयाँबराबरको क्षति भएको छ । भौतिक संरचनामा १९ करोड ५० लाख क्षति पुर्‍याएको छ भने ४ करोड १६ लाखको स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । 

आंशिक क्षति पुगेको अस्पतालमा ६ करोडको र पूर्ण रुपमा क्षति पुगेका ४ स्वास्थ्य चौकीमा ७ करोड ८ लाख लाख क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै २ प्राथमिक स्वास्थ्य संस्थाको ५ करोड २ लाख क्षति पुगेको छ । 

प्रतिवेदनले स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ७८ करोड रकम आवश्यक पर्ने जनाएको छ । ६ महिनासम्म तत्कालीन पुनर्स्थापनाका लागि १२ करोड ५ लाख रकम आवश्यक पर्ने र दीर्घकालीन पुनर्स्थापनाका लागि ६५ करोड ५ लाख रकम लाग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *