सर्लाही, ०८ असोज ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा महामन्त्री विपिनकुमार आचार्यले सरुवा–बढुवामा दबाब हुने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टीको वाचापत्रमा उल्लेख गरेको सरुवा–बढुवाको लागि स्वायत्त बोर्ड गठन गर्न पनि माग गरे ।

‘म राजनीतिमा आएपछि सबैभन्दा धेरै भोग्ने प्रेसरमध्ये एउटा सरुवा र बढुवको हो । अरु बेला सुशासन र पारदर्शीताको कुरा गर्ने मेरा आफ्नै नातागोता र साथीभाइ नै मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा बढुवाका लागि आउनुहुन्छ । मैले सबै जनालाई सरुवा–बढुवामा विधि र पद्धतिबाहेक अरु केही पनि हुँदैन, चल्दैन भन्छु,’ उनले भने ।

आफ्नै वाचापत्रमा उल्लेख स्वायत्त बोर्ड गठन हुने भन्ने गरेको बताए । उनले सो बोर्ड बनाउन माग गरे । ‘दसैँमा आफ्नै इष्टमित्रले टीका र आर्शिवाद नदेलान् भन्ने पिर छ । अझ काम गरेनन् भनेर श्राप पो दिने हो कि भन्ने डर छ । श्रापबाट मलाई बचाइदिनुपर्‍यो,’ आचार्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *