त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

Byसदाम हुसैन

२०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार

सर्लाही, ०९ असोज । नुवाकोटस्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *