सर्लाही । यस वर्षका दुई बहुप्रतिक्षित भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् ।
रजनीकान्त अभिनित ‘कुली’ र ऋतिक रोशन तथा जूनियर एनटीआर अभिनित ‘वार २’ दुवै फिल्मले गरेर ४ दिनमा विश्वव्यापी रूपमा ६३२ करोड भारू कमाइ गरेका हुन् ।
गत बिहीबार एकै दिन प्रदर्शनमा आएका यी फिल्महरूबीच ठूलो प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । यद्यपि, व्यापारमा ‘कुली’ ले पहिलो दिनदेखि नै अग्रता कायम राख्दै आएको छ ।
‘कुली’ ले विश्वभरबाट आइतबारसम्म ३७५ करोड भारू कमाउँदा ‘वार २’ ले लगभग २५७ करोड भारू कमाएको जनाइएको छ। कुल कमाइमा ‘कुली’ को हिस्सा लगभग ६० प्रतिशत छ ।
यी दुवै फिल्म नेपालका सिनेमा हलमा पनि प्रदर्शन भइरहेका छन् ।