पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले मागे थप सुरक्षा, छोराले दिए निवेदन

Byसदाम हुसैन

२०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार

सर्लाही, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको सुरक्षामा थप व्यवस्था गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

जबराको तर्फबाट उनका छोरा सचीन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै आवश्यक शान्ति–सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आएका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण आफू र आफ्नो परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भइरहेको उल्लेख गरिएको छ ।

जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारणसमेत आफूले थप असुरक्षा महसुस गरेको निवेदनमा उल्लेख छ । साथै, केही विषयबारे हालै मात्र जानकारी प्राप्त भएको जनाउँदै सुरक्षा चुनौतीलाई ध्यानमा राखेर थप सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ ।

निवेदनमा जबराले आफ्नो सम्पूर्ण विवरण सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यका सुरक्षा निकायको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् ।

825279983_1740351067076983_2181426334842861935_n-1790578165.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *